back
NMB ad

सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न पायो अनुमति, मूल्य कति ?

Kumari bank ad

काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपिओ निष्काशन गर्ने अनुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने अनुमती पाएको हो ।

धितोपत्र बोर्डले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने सेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट ल्याउन सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्य अनुसार आधारमूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१.५० रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी धितोपत्र बोर्डमा आवेदन दिएको थियो। धितोपत्र बोर्डले कम्पनीको आधारमूल्य ५०१ रुपैयाँ तय गरेको निष्कासनको अनुमति दिएको छ। ‘अब बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नुपर्नेछ’, श्रेष्ठले भने।

आइपिओको बिडिङ अमाउन्ट(बोल कबोल मुल्य) ५०१ रुपैयाँ कायम गरिएको छ । योग्य सस्थागत लगानीकर्ताहरुले खरिद गरेको न्युनतम मुल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिनेछ ।

वि.सं.२०८० असोज ३० मंगलवार १९:४१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...