काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।
लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशतले नगद लाभांश गरी जम्मा १३.०१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
वि.सं.२०८० कात्तिक १ बुधवार १०:३७ मा प्रकाशित