back
NMB ad

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हटयो   

Kumari bank ad

कञ्चनपुर, १ कात्तिकः छ वर्ष मलेसिया बसेर फर्किनुभएका शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा हुनुहुन्छ । श्रम स्वीकृतिका अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उहाँ निकै खुसी देखिनुहुन्छ ।
पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौँस्थित वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि मेनपावर कम्पनीका कर्मचारीको सहयोगमा फाराम भर्नु भएको थियो ।

“श्रम स्वीकृतिका लागि फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटिपूर्ण थिए” उहाँले भन्नुभयो, “ तर अहिले नगरपालिकामै स्वयं उपस्थित भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौंँ, फाराम भर्नकै लागि काठमाडौंँ जाने झन्झट पनि हटेर गएको छ ।” “श्रम स्वीकृतिका लागि फाराम भर्नकै लागि काठमाडौंँ जानुपर्दा निकै खर्च गर्नुपर्ने झन्झट,बसमार्फत जाँदा सडक अवरुद्ध हुँदाको सास्ती, होटेलको खर्च निकै हुन्थ्यो” अर्को मलेसिया जान श्रम स्वीकृतिका लागि नगरपालिका पुग्नु भएका अर्का हरिश आग्रीले बताउनुभयो, “सेवाग्राहीको चापले बिहान ४ बजे लाइमा बस्दा पनि पालो पाइदैनथ्यो, फेरी दोस्रो दिनका लागि कुर्नु पर्दथ्यो, दलाललाई पैसा नदिए कामै हुन गाह्रो हुन्थ्यो ।”

अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था हुँदा सहज भएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरले बताउनुभयो । चालु आवको वैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ । यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन् ।

आवेदन भर्नेहरुमा पुरुषको सङख्या अधिक र महिलाको सङख्या न्यून रहेको छ । श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेसिया, दुवई, साउदी अरेविया, कतार, संयुक्त अरब इमिरेटस, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा रोजगारीमा जाने रहेका छन् ।

“राहदानी, वैदेशिक रोजगारीमा पठाउने कम्पनीसँगको सम्झौतापत्र, भिजा, स्वघोषणापत्र, बैंक चेक, नागरिकताको प्रमाणपत्र, इच्छाएको व्यक्तिको नागरिकता, बीमा गरेको कागजात, सामाजिक कोषसँगको आवद्धता हेरेर मात्रै आवेदन भर्ने गरेका छौँ” रोजगार शाखका प्राविधिक सहायक ऐरले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानीबारे समेत सम्झाउने बुझाउने गरेका छौंँ ।” रोजगारदाता, रोजगारीमा जाने व्यक्ति र इच्छाएका व्यक्तिको नाम र ठेगानासंँगै सम्पर्क नम्बर पनि राखिने भएकाले विदेशमा अप्ठेरो परे सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाईनमार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखाका संयोजक कृष्ण भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुईसय बुझाउनुपर्ने हुन्छ । यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि रु तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समूहका लागि रु चार हजार नौ सय, शुःल्क निर्धारण गरिएको छ । सेवाग्राहीले शुःल्क खल्ती एप तथा ई सेवाबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ ।

वि.सं.२०८० कात्तिक १ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...