काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर सुनिश्चित गर्ने आज कात्तिक २ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (कात्तिक ३ गते) बुक क्लोज गर्दैछ ।यसर्थ आज कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले केही समयअघि घलेम्दी हाइड्रोलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो। अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्तापुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
वि.सं.२०८० कात्तिक २ बिहीवार ११:१९ मा प्रकाशित