काठमाडौ । दसैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन हो । शुक्रबार र शनिबार सेयर बजार बन्द हुनेछ ।
त्यसपछि आइतबारदेखि दसैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।
दसैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १२ गते आइतबारदेखि खुल्नेछ ।
वि.सं.२०८० कात्तिक २ बिहीवार ११:३६ मा प्रकाशित