काठमाडौं । दुई ओटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
सोलु र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेका हुन्। सोलुले २ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । अनुमति पाएपछि यस कम्पनीले २ करोड कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
त्यसैगरी, टक्सारले १०० रुपैयाँका दरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गर्न आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
वि.सं.२०८० कात्तिक २ बिहीवार १५:५२ मा प्रकाशित