काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।
बैंककको कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी जम्मा ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १९:१५ मा प्रकाशित