काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार २८.१८ अंकले घटेर १८७५ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा अपर सोलु हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य ८.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिवाइसी लघुवित्तको ६.६० प्रतिशत, घलेम्दी हाइड्रोको ५.७१ प्रतिशत, बिपी डब्लु लघुवित्तको ५.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० कात्तिक १२ आइतवार १५:०९ मा प्रकाशित