काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्यमा लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।
सोमबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर कारोबार भइरहेको छ । आइतबारबाट कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार शुरु भएको थियो ।
पहिलो दिन १० प्रतिशतले मूल्य घटेर ३१५ मा कारोबार बन्द भएकोमा सोमबार पनि सेयरमूल्य १० प्रतिशत घटेर प्रतिकित्ता २८३.५० रुपैयाँ कायम भएको छ । कम्पनीले प्रिमियम मूल्य थपेर प्रतिकित्ता २३७.५८ मा आईपीओ निष्कासन गरेको थियो ।
वि.सं.२०८० कात्तिक १३ सोमवार १२:३२ मा प्रकाशित