काठमाडौं । आज कार्तिक १३ गते सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३.०४ अंकले बढेर १८७८ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी साधना लघुवित्तको प्रमोटर सेयरको सिदार्थ बैंकको प्रमोटर सेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ६० लाख ७४ रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिद्धार्थ बैंकको प्रमोटर सेयरको २ करोड ९० लाख २० हजार रुपैयाँ, नबील बैंकको २ करोड ३० लाख १९ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको १ करोड ५३ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० कात्तिक १३ सोमवार १५:०५ मा प्रकाशित