back
NMB ad

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ   

Kumari bank ad

भरतपुर, १५ कात्तिक : अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।

वि.सं.२०८० कात्तिक १५ बुधवार १६:२० मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...