back
NMB ad

बैंकहरुको पहिलो त्रैमासको वित्तिय विवरणः सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, अन्य कुनको अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा धेरै बैंकले नाफा घटेको विवरण सार्वजनिक गरेका छन् भने केही बैंकले बढाएका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। मेगा बैंक र इन्भेष्टमेन्ट गाभिएपछि खुद नाफामा नम्बर १ बन्न सफल भएको छ। बैंकले ३ महिनामा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै नबिल बैंक १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा देखिएको छ भने ग्लोबल आइएमई बैंक १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएर तेस्रो स्थानमा रहेको छ।

यस अवधिमा सरकारी स्वमित्व रहेको कृषि विकास बैंक भने घाटामा नै देखिएको छ। कृषि विकास बैंक पहिलो त्रैमासमा १ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ।

यसैगरी सिद्धार्थ बैंकको नाफा सबैभन्दा कम ४२ करोड ८६ लाख रुपैयाँ रहेको छ भने लक्ष्मी सनराइज बैंकको १ अर्ब ३ करोड रहेको छ।

पहिलो त्रैमासमा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ४ अर्ब ५२ करोड रुपैयाँ देखिएको छ। यसैगरी, नबिल बैंकको ३ अर्ब ३२ करोड, ग्लोबल आइएमई बैंकको ३ अर्ब ३२ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब १४ करोड रुपैयाँ छ।

विवरण अनुसार कुमारी बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा नकारात्मक छ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ४ अर्ब ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने नबिल बैंकले ४ अर्ब १७ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

समिक्षा अवधिमा सञ्चालन आम्दानीमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकले ३ महिनामा ५ अर्ब ७० करोड सञ्चालन आम्दानी गरेको छ। यस्तै नबिल बैंकले पनि ५ अर्ब ११ करोड सञ्चालन आम्दानी गरेको छ।

यस अवधिमा ग्लोबल आइएमई बैंक चुक्ता पूँजीमा सबैभन्दा अगाडि देखिएको छ। हाल बैंकको कुल चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूँजी सबैभन्दा कम ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको जगेडामा ३८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैंकको जगेडामा सबैभन्दा कम ४ अर्ब ९१ करोड रुपैयाँ छ।

समिक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३४ रुपैयाँ ४१ पैसा रहेको छ भने एभरेष्ट बैंकको २९ रुपैयाँ १९ पैसा, प्राइम कमर्शियल बैंकको २३ रुपैयाँमा ७३ पैसा र राष्ट्रिय वाणिज्य बैंकको २१ रुपैयाँ ९९ पैसा रहेको छ।

कृषि विकास बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँले ऋणात्मक छ भने सिद्धार्थ र लक्ष्मी सनराइज बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ मात्र छ।

त्यस्तै, नेपाल बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै २४८ रुपैयाँ छ भने एभरेष्ट बैंकको २४२ रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २२१ रुपैयाँ रहेको छ।

निक्षेप संकलन र कर्जा लगानीमा पनि ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले पहिलो त्रैमाससम्ममा ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो।

त्यसैगरी, नबिल बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एनआइसी एशिया बैंकले ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब कर्जा लगानी गरेको छ। समिक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम १ खर्ब १९ अर्ब निक्षेप संकलन गरी ७९ अर्ब कर्जा लगानी गरेको छ।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १४:५३ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...