back
NMB ad

हिमालयन बैंकको नाफामा उछाल, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९८.३५ प्रतिशतले धेरै हो । गत वर्ष बैंकल ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै, समीक्षा अवधिसम्म यस बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ७५.८६ प्रतिशतले धेरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, सञ्चालन नाफा ९१.०४ प्रतिशतले बढेर १ अर्ब ५० करोड पुगेको छ । गत वर्ष उक्त नाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले इम्पेयरमेन्ट चार्ज बापत ७५ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष ६५ करोड ८९ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो । खराब कर्जा बढ्दा यसको इम्पेयरमेन्ट चार्ज पनि बढेको हो । गत वर्ष २.३१ प्रतिशत रहेको यसको खराब कर्जा अहिले बढेर ४.६७ प्रतिशत पुगेको छ । समिक्ष अवधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ ।

हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा १७ अर्ब ७ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाले बढेर १९ रुपैयाँ ५१ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ ।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १५:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...