back
NMB ad

रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने   

Kumari bank ad

मस्को, २० कात्तिक
रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतबार बताउनुभयो ।

“रुसले सेप्टेम्बर र अक्टोबरसम्मका लागि लागू गरेको विश्व बजारहरूमा आफ्नो तेल र तेल उत्पादनहरूको आपूर्तिमा प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक कटौतीलाई यो वर्षको डिसेम्बरसम्म जारी राख्नेछ”, उहाँले भन्नुभयो । तासका अनुसार तेल उत्पादनमा कटौती जारी राख्ने वा बढाइने भन्ने निर्णय अर्को महिना बजार विश्लेषण गरिने उहाँले बताउनुभयो ।

उक्त कदम सन् २०२३ अप्रिलमा रुसले घोषणा गरेको स्वेच्छिक तेल उत्पादनमा दैनिक पाँच लाख ब्यारेल कटौतीको पूरक हो र यो सन् २०२४ डिसेम्बरसम्म लागु हुनेछ । उपप्रधानमन्त्री नोभाकले अतिरिक्त कटौतीको प्रयोग पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन ओपेक प्लसको तेल बजारहरूमा स्थिरता र सन्तुलन कायम गर्ने कदम बढाउन थप कटौती गरिएको बताउनुभयो ।

रुसले मार्चसम्म स्वेच्छिकरूपमा फेब्रुअरीको औसत पाँच लाख ब्यारेल तेल उत्पादन कटौती सुरु गरेको थियो । यसका साथै उत्पादनमा कटौतीको अवधि वर्षमा धेरै पटक बढाइएको थियो । तासका अनुसार भियनामा जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो ।

यसका साथै रुसले अगस्टमा विश्व बजारमा तेल निर्यातलाई अतिरिक्त पाँच लाख ब्यारेल प्रतिदिन कटौती गर्ने निर्णय गर्यो । यो वर्षको अन्त्यसम्म उक्त कदमलाई जारी राख्ने निर्णय गरिएपछि सेप्टेम्बरमा निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्न सुरु गरेको तासले बताएको छ ।

वि.सं.२०८० कात्तिक २० सोमवार १३:५५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...