काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार २१.३० अंकले बढेर १८४७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज नेप्सेमा कारोबार भएको २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा लक्ष्मी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ । त्यसैगरी,विन नेपाल लघुवित्तको ३.९९ प्रतिशत, एनआएसी एशिया लघुवित्तको ३.९१ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ३.०१ प्रतिशत र माया खोला हाइड्रोपावरको २.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० कात्तिक २० सोमवार १५:१८ मा प्रकाशित