काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार २१.३० अंकले बढेर १८४७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा हाथवे इन्भेष्टमेन्ट नेपाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः ९.९८ प्रतिशत र ९.९३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, आशा लघुवित्तको ६.१६ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ५.८८ प्रतिशत, माइखोला हाइड्रोपावरको ५.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० कात्तिक २० सोमवार १५:१० मा प्रकाशित