काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार २१.३० अंकले बढेर १८४७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी सोल्टी होटलको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ६ करोड ४३ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ५ करोड ६२ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हाथवे इन्भेष्टमेन्टको ३ करोड ७८ लाख ३९ हजार रुपैयाँ, हिमालयन बैंक प्रमोटर सेयरको ३ करोड ५८ लाख ४८ हजार रुपैयाँ र मन्जुश्री फाइनान्सको २ करोड ३९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० कात्तिक २० सोमवार १५:०४ मा प्रकाशित