back
NMB ad

राष्ट्रपति पौडलको विदेश भ्रमण स्थगित   

Kumari bank ad

काठमाडौँ, २० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिनुभयो । राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जानु हुने कार्यक्रम तय भएको जनाइएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

राष्ट्रपति पौडेल फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्तर्गतको ‘वान पोलार प्लानेट समिट’ तथा ‘पेरिस प्याक्ट फर पिपुल एण्ड प्लानेट’ सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भएको थियो । नेपालले पेरिस सम्झौता २०१५ मा विश्वको तापमान एक दशमलव पाँच डिग्री सेल्सियसभित्र नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको छ ।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो । त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको महत्वपूर्ण भेटवार्ता पनि तय थियो ।

वि.सं.२०८० कात्तिक २० सोमवार १६:२१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...