काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांश सुरक्षित गर्ने आज कार्तिक २१ गते मंगलबार अन्तिम दिन रहेको छ ।
यी दुई फन्डले लाभांश वितरण गर्न भोली कात्तिक २२ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, आज बुधबार मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
एनआइसी एसिया ग्रोथ फन्डले (कर सहित) १०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले (कर सहित) १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यी दुवै फन्डले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न लागेका हुन् ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार १०:२७ मा प्रकाशित