काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैंया र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ १० रुपैंयाले घटेर तोलाको १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार १०:४३ मा प्रकाशित