काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार ५.१६ अंकले बढेर १८६३ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशत, नेपाल एसविआई बैंकको ७.३२ प्रतिशत, भगवती हाइड्रोपावरको ६.७६ प्रतिशत, माण्डु हाइड्रोपावरको ६.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० कात्तिक २२ बुधवार १५:११ मा प्रकाशित