back
NMB Ad

निक्षेपकर्तालाई जाहेरी दिन आग्रह   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २३ कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।

केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।”

वि.सं.२०८० कात्तिक २३ बिहीवार १०:२४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने   

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने   

वि.सं.२०८१ फागुन २ शुक्रवार ०६:४४

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा...

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, डेटा प्याक किन्दा न्यूम्यू सनग्लास जित्ने मौका

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, डेटा प्याक किन्दा न्यूम्यू सनग्लास जित्ने मौका

वि.सं.२०८१ फागुन २ शुक्रवार ०६:३४

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २ शुक्रवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति   

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति   

वि.सं.२०८१ फागुन २ शुक्रवार ०६:२३

रमेश लम्साल काठमाडौँ, २ फागुनः अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च...

आज २ फाल्गुण २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

आज २ फाल्गुण २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन २ शुक्रवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०४

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको...