back
Kumari Bank

यस्तो छ निर्धन उत्थान लघुवित्तको त्रैमासिक वित्तीय विवरण

Nepal Bank

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा संस्थाले १४ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमएको थियो।

यस अवधिमा संस्थालाई १४ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा संस्थाले ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४८ करोड रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १४.४१ प्रतिशतले घटेको हो।

पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १२.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ७.१४ प्रतिशत थियो।

एनपीएल बढेसँगै संस्थाले छुट्याउने इम्पेयरमेन्ट चार्ज पनि बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २६ करोड ९२ लाख रुपैयाँ थियो।

खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज चुलिँदा संस्था घाटामा गएको देखिन्छ। चुक्तापुँजी २ अर्ब ६१ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ०।०२ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १०:३५ मा प्रकाशित

You can share this post!

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...