back
NMB ad

७२.६५ प्रतिशतले बढ्यो विन्ध्यावासिनी हाइड्रोपावरको नाफा, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं। विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७ करोड ४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा ३९.०५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४५.०४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड १२ लाख रुपैयाँ आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ५.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.५६ रुपैयाँ रहेको छ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...