काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानिय वासिन्दाहरु र कर्मचारी समेत) लाई ३० लाख कित्ता, संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि ९६ रूपैयाँ १४ पैसादेखि अधिकतम २८८ रुपैंया ४२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमएमकेजेएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनपछि हुने छ ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १४:२० मा प्रकाशित