काठमाडौं । नेपाल राष्ट्र बैंकमा २५ जना वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत भएका छन्।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सूचीकृत २५ वित्तीय साक्षरता प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो।
यसअघि राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न गत असोज २१ गतेदेखि २६ गतेसम्म तालिम सञ्चालन गरेको थियो। तालिममा सहभागी हुन केन्द्रीय बैंकले गत भदौ ७ गते आवेदन माग गरेको थियो।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १६:५३ मा प्रकाशित