काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा १.६० प्रतिशतले बढेर ७ करोड १४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो ।एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी १४.२४ प्रतिशतले बढेर २६ करोड ६४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले लगानी तथा कर्जाबाट २३ करोड ३२ लाख ५४ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन ३.४६ प्रतिशतले बढेर १ अर्ब ४२ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसाले घटेर ७ रुपैयाँ ६३ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४१ पैसा छ ।
वि.सं.२०८० कात्तिक २४ शुक्रवार ११:३५ मा प्रकाशित