काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मल्टिप्रपोज फाइनान्सको ३५ प्रतिशत हकप्रद बापतको १५ लाख ८२ हजार कित्ता सेयर आज सूचीकृत भएको हो ।
त्यसैगरी, अपी पावर कम्पनीको ४० प्रतिशत हकप्रद बापतको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता गरी जम्मा १ करोड ८१ लाख १५ हजार १३७ कित्ता सेयर सूचिकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १२:५१ मा प्रकाशित