back
NMB ad

२ अर्ब ५४ करोड बराबरको बोनस शेयर सूचिकृत

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७९ असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तमा १८६४.६२ कायम भएको छ । २०८० असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८६१ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असोज मसान्तमा बजार पुँजीकरण रु.२६७२ अर्ब ७९ करोड रहेको थियो ।

२०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य रु.७७२ अर्ब ९० करोड रहेको छ ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १६:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...