back
NMB ad

आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा   

Kumari bank ad

ढाका, २४ कात्तिक : चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।

बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको छ । यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो ।

विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बङ्गलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।

समीक्षा अवधिमा विदेशमा बसोबास तथा काम गर्ने बङ्गलादेशीले चार अर्ब ९१ करोड डलर विप्रेषण पठाएको बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष बङ्गलादेशको व्यापार घाटा ४८ दशमलव ४१ प्रतिशतले घटेर १७ अर्ब १६ करोड डलर भएको थियो ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १६:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...