back
NMB ad

प्रभु इन्स्योरेन्सको नाफा २१ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशतले बढेको छ ।

गत आवमा ४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको उक्त कम्पनीले चालूको आवको उक्त अवधिसम्ममा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी ३२ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा कम्पनीको कुल आम्दानी १८ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा पुगेको हो ।

चुक्तापूँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ९ करोड ५४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित गरेको छ । हाल कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।

वि.सं.२०८० कात्तिक ३० बिहीवार १३:५८ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...