back
NMB ad

अधिकांश विकास बैंकले पनि घटाए ब्याजदर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । मंसिर महिनाको लागि अधिकांश राष्ट्रियस्तरका विकास बैंकहरुले ब्याजदर घटाएका छन् । विकास बैंकहरुले सार्वजनिक गरेका ब्याजदर अनुसार दुई बैंक बाहेक सबै राष्ट्रियस्तरका विकास बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

जसअनुसार पाँच ओटा विकास बैंकहरुले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा ९.४० प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । ती बैंकको मुद्दति निक्षेपमा औसत ब्याजदर ९.७४ प्रतिशत रहेको छ ।

कार्तिक महिनामा भने औसत ब्याजदर १०.२५ प्रतिशत थियो । लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिक महिनाको तुलनामा मंसिरमा मुद्दति निक्षेपको ब्याजदर ०.३५ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्‍याएका छन् । त्यसैगरी, मंसिर महिनाका लागि गरिमा विकास बैंकले ०.३५ प्रतिशत ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गरेको छ ।

साइन रेसुंगा विकास बैंकको पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम छ ।उक्त बैंकको अघिल्लो महिना भने ब्याजदर १०.२५ प्रतिशत थियो । त्यसैगरी, ज्योति विकास बैंकले पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम गरेको छ ।उक्त कम्पनीको अघिल्लो महिना पनि ब्याजदर १०.२५ प्रतिशत नै थियो ।

अन्य पाँच ओटा बैंकको ब्याजदर ०.८५५ ले घटेर ९.४० प्रतिशत कायम भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ ।

अघिल्लो महिना भने सबै विकास बैंकले मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर कायम गरेका थिए।

वि.सं.२०८० कात्तिक ३० बिहीवार १९:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...