काठमाडौं । ज्योति विकास बैंकको का.मु कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको मंसिर ३ गते बसेको संचालक समितीको बैठकले बैकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजिनामा स्विकृत गरी ढकाललाई का.मु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
ढकाललाई मंसिर ४ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि नियुक्त गरेको जानकारी गरेको छ ।
वि.सं.२०८० मंसिर ४ सोमवार ११:१५ मा प्रकाशित