काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ३० औं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको सभा आगामी मंसिर २६ गते याक एन्ड यति होटलमा अपरान्ह ४ः ३० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
वि.सं.२०८० मंसिर ५ मंगलवार ११:३५ मा प्रकाशित