back
NMB Ad

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता : बचत खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

Royal Enfield Inside Page Banner

काठमाडौं । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात १ हजार रुपैंया रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजार सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन् । कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिट÷डेबिट कार्ड समेत उपलब्ध गराएको “गज्जबकोे बचत खाता” नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० मंसिर ५ मंगलवार १८:४६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

वि.सं.२०८१ माघ ३० बुधवार ११:४७

टोकियो :  जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति...

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वि.सं.२०८१ माघ ३० बुधवार ११:३३

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर तोकेका छन्...

तरकारी र फलफूलको मूल्य निर्धारण   

तरकारी र फलफूलको मूल्य निर्धारण   

वि.सं.२०८१ माघ ३० बुधवार ११:०९

काठमाडौँ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार ११:००

काठमाडौं : समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा   

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा   

वि.सं.२०८१ माघ ३० बुधवार १०:५०

बेलबारी (मोरङ) : कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या...

सुनको भाउमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ३० बुधवार १०:४२

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको...