back
NMB ad

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु   

Kumari bank ad

पेशावर (पाकिस्तान), ६ मङ्सिर 
इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा प्रवेशाज्ञा मागेपछि मङ्गलबार व्यापारिक यातायात ठप्प भएको थियो । बदलामा अफगानिस्तानले कुनै पनि ट्रकलाई पास गर्न अनुमति दिन अस्वीकार गर्यो ।

“हिजो पाकिस्तानले आफ्नो नयाँ नियम लागु गरेपछि अफगान पक्षले व्यापार स्थगित गरेर विरोध गर्यो”, पाकिस्तानका एक भन्सार अधिकारीले एएफपीलाई भने, “गए राति वाणिज्य मन्त्रालयका अधिकारीहरूले अफगान अधिकारीहरूसँग एउटा वार्ता गरे र तिनका सवारी चालकहरूका लागि दुई साताको म्याद थप्ने सहमति गरे ।” ती अधिकारीका अनुसार पाकिस्तानले नयाँ नियम लागू गर्नुभन्दा पहिला नै दुई पटक स्थगन गरिसकेको छ ।

अफगानिस्तामा नानगर्हार प्रान्तका गभर्नरको मिडिया कार्यालयले सीमापार व्यापार पुनः सुरु भएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्समा भनिएको छ, “अफगानिस्तान र पाकिस्तानी अधिकारीहरूले वार्ता गरे र उनीहरूले यसको स्थायी समाधान खोजिने आश्वासन दिएका छन् ।”

हजारौँ अफगान आफ्नो देशमा अवैधरूपमा रहेको भन्दै पाकिस्तानले अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने योजना घोषणा गरेपछि काबुल र इस्लामाबादबीच लामो समयदेखि खराब रहेको सम्बन्ध अक्टोबरदेखि अझ खराब भएको छ । अहिलेसम्म करिब तीन लाख ४० हजार अफगानलाई निर्वासित गरिएको वा स्वेच्छाले स्वदेश फर्काइएको छ ।

पाकिस्तानले राहदानी र भिसाधारी अफगानलाई मात्र मुलुकमा प्रवेश गर्न अनुमति दिइने जनाएको छ । यसबाट अफगानहरूलाई उनीहरूको राष्ट्रिय परिचयपत्रका साथ सीमा पार गर्ने अनुमति दिने दशकौँ पुरानो प्रचलन समाप्त हुनेछ ।

भूपरिवेष्टित अफगानिस्तान पाकिस्तानमा निर्मित सामान र पाकिस्तानको कराँची बन्दरगाहको माध्यमबाट आयातित विदेशी वस्तुहरू दुवैको आयातका लागि आफ्नो छिमेकी पाकिस्तानमाथि अत्यधिक निर्भर छ । यद्यपि ठूलो आर्थिक सङ्कटमा परेको पाकिस्तानले अफगानिस्तानबाट आउने सामानहरूमा भन्सारमुक्त देशमा प्रवेश गर्न दिँदा उसलाई हरेक वर्ष करोडौँ डलरको नोक्सान भएको बताएको छ ।

कतिपय वस्तुहरू सीमा पार गर्दैनन् तर कतिपय भने पाकिस्तानमा तस्करी गरेर अवैधरूपमा बिक्री गरिन्छन् । पाकिस्तानका अनुसार अफगानिस्तानबाट सञ्चालित विद्रोहीहरूबाट आक्रमणमा तीव्र वृद्धि भएपछि आफ्नो ‘कल्याण र सुरक्षा’ का लागि अवैध आप्रवासीहरूको सामूहिक निर्वासन आवश्यक भएको छ ।

पाकिस्तानको मुद्दा घरेलु मामिला भएको भन्दै अफगानिस्तानको तालिबान सरकारले आफूले विदेशी आतङ्कवादीहरूलाई आफ्नो भूमि प्रयोग गर्ने अनुमति नदिएको बताउँदै आएको छ ।

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...