काठमाडौं । नबील बैंकले लाभांश घोषणा गरेको छ।
बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल ११ प्रतिशत अर्थात प्रतिसेयर ११ रुपैंया नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
वि.सं.२०८० मंसिर ७ बिहीवार १०:५४ मा प्रकाशित