काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्ड-२ मा आवेदन दिने म्याद थपिएको छ । यसमा अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा आज मंसिर ७ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो ।
एनआइसी एसिया क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।एनआइसी एसिया क्यापिटलले मंसिर ४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्रीमा ल्याएको हो । यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
वि.सं.२०८० मंसिर ७ बिहीवार ११:०६ मा प्रकाशित