back
NMB ad

उन्नति सहकार्य लघुवित्तको एफपिओ आज बाँडफाँड हुँदै

Kumari bank ad

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आज शुक्रबार बाँडफाँड हुँदैछ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको एफपीओ आज मंसिर ८ गते शुक्रबार बिहान ९ बजे बाँडफाँड गर्ने तयारी गरेको हो ।

लघुवित्तको एफपीओमा ११ लाख २२ हजार ९११ जना आवेदकहरुले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणा बढी आवेदन हो।

माग भन्दा बढी आवेदन परेको हुँदा एफपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १७ हजार ८४५ जना भाग्यमानीले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसअनुसार ११ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ ।

लघुवित्तले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०६:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...