
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
उनले भने–काठमाडौंबासी हो,तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ । लाज हातले छोपेर म त खुसी छु भन्दैछौ साथीहरु हो । अब थाहा हुन्छ, पुस मसान्तपछि काठमाडौंबासीहरु तिमीहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ । तिमीहरुलाई मैले सम्झाउन खोजेँ ।
काठमाडौं,ललितपुर,भक्तपुर,किर्तिपुरका तपाईहरुको होस खुलोस् । ७० प्रतिशत सटर बन्द भइसके । यी घरहरु अब खाली हुन्छन्,भाडामा बस्ने मान्छे पाइने छैनन् । अब कतिदिन टिक्नुहुन्छ काठमाडौंबासी हो रु तपाईहरु बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।
वि.सं.२०८० मंसिर ९ शनिवार १६:२७ मा प्रकाशित