काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते, सोमबार, अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ ।
यसर्थ, आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
सोही लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको छ।
वि.सं.२०८० मंसिर ११ सोमवार ०६:५४ मा प्रकाशित