back
NMB ad

महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण   

Kumari bank ad

बेनी, ११ मङ्सिर : म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।

पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर सङ्कलन भएको रकमबाट नयाँ स्वरुपमा पुनःनिर्माण गरिएको हो । नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठासमेत गरिएको छ ।

विसं २०६९ मा मङ्सिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाखको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो ।

मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक जगन्नाथ मन्दिरको प्रचार प्रसार र प्रवद्र्धन गरेर धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ, डढेकोट हुँदै टोड्केको स्वर्गाश्रम क्षेत्रलाई जोडेर एकीकृतरूपमा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउँदै जिल्लामा रहेका धार्मिक पर्यटकीयस्थलको पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरि र विमला गौचनले जगन्नाथ क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र रहेकाले यस क्षेत्रमा सडकको अवस्थालाई सुधार गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा तीन तहकै सरकारबीचमा साझेदारी आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम, बेनी नगरपालिका–५ पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँ, आर्किटेक इन्जिनियर विनोद खड्का, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, चन्दादाता गोपाल बानियाँ र जगन्नाथ मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जगन्नाथधाममा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । तत्कालीन राजा दिलीपबम मल्लले विसं १५५० को दशकमा निर्माण गरेको यो मन्दिरको २०३९ सालमा पुनःनिर्माण गरिएको भए पनि तत्कालीन मन्दिर थप जीर्ण बन्दै गएपछि समुदायकै अग्रसरतामा महायज्ञ आयोजना गरेर पुनःनिर्माण गरिएको हो । मन्दिरको पुनःनिर्माण भएपछि अहिले यस क्षेत्रको भ्रमण तथा पूजापाठका लागि आउनेको सङ्ख्या बढेको छ ।

वि.सं.२०८० मंसिर ११ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...