back
NMB ad

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, कोदो र आलुमा पनि भारतकै भर        

Kumari bank ad

झापा, ११ मङ्सिर : पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा
छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

१९ करोड बढीको गोलभेँडा आयात    

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ ।

सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्यबराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर    

नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्यबराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्यबराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्यबराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा रु दुई करोड ५९ लाख ९२ हजार मूल्यबराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्यबराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्यबराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र रु ९८ लाख ५६ हजार मूल्यबराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल रु पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्यबराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्यबराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० मंसिर ११ सोमवार १०:१९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...