काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा प्रि-ओपन सेसनदेखि नै सेयर कारोबार प्रभावित भएको छ । बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएको बताइएको छ ।
बिजुली अनियमित भएकारण प्रि ओपन सेसनमा कारोबार हुन नसकेको हो । यसैगरी, नियमित सत्रमा पनि कारोबार सुरु भएको छैन ।
नेप्सेको सूचनामा भनिएको छ, प्राविधिक समस्याका कारण आज प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छु। केहि समयपछि बजार खुल्ने पनि नेप्सेले बताएको छ ।
वि.सं.२०८० मंसिर १३ बुधवार ११:३५ मा प्रकाशित