back
NMB ad

बेलकोटगढीले ल्यायो तीन एम्बुलेन्स सञ्चालनमा, अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

Kumari bank ad

नुवाकोट । बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित हुने बित्तिकै सपथ खानेबेलामा ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नुभएको थियो । सोही बाचा अनुसार नगरपालिकाले हाल तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मङ्गलवार बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता थियो । एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताउनुभयो ।

उहाँले अहिले भूगोलका हिसाबले पाएक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने बताउनुभयो । स्वास्थ्य सुविधा पाउनु जनताको नैर्सगिक अधिकार भएको बताउँदै उहाँले नगरपालिका नगरवासीहरूको यस अधिकारका लागि सधैँ तत्पर रहेको बताउनुभयो ।

नगरपालिकाले प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा एम्बुलेन्स खरिद गरेको हो । भन्सार महसुल, प्रज्ञापन पत्रशुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैंयामा तीन बटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । नेपालकै कान्छो नगरपालिका बेलकोटगढीमा यी एम्बुलेन्स सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकहरूलाई निक्कै सहज भएको स्थानीयहरू बताउँछन् ।

वि.सं.२०८० मंसिर १३ बुधवार १३:४८ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...