back
NMB Ad

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने   

Royal Enfield Inside Page Banner

टोक्यो, १४ मङ्सिर
जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ ।

विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको पनि जानकारी दिएको छ ।

“आफ्ना मोटरसाइकलहरूको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा एक सय अर्ब येन लगानी गरिरहेको छ र सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप चार सय अर्ब येन लगानी गर्नेछ”, होन्डाले बुधबार एक विज्ञप्तिमा भनेको छ ।

कम्पनीले सन् २०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकाइ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकाइभन्दा बढी हो ।

प्रारम्भमा आन्तरिक प्रज्वलनशील इन्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगतरूपमा डिलरकहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् ।”

ग्र्यान्ड भ्यू रिसर्चका अनुसार विश्वव्यापी विद्युतीय मोटरसाइकल बजार सन् २०२२ मा ३० अर्ब डलरको थियो । आंशिकरूपमा इन्धनको लागत र जलवायु परिवर्तनका बारेमा सार्वजनिक चिन्ताका कारण सन् २०२३ र सन् २०३० को बीच यसको बजार प्रतिवर्ष १९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

वि.सं.२०८० मंसिर १४ बिहीवार १४:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०४

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको...

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:५७

ध्रुवसागर शर्मा    गलेश्वर (म्याग्दी) : हिउँदको समय सकिन अब करिब...

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ फागुन १ बिहीवार १६:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:३५

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल...

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन १ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन १ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...