back
NMB Ad

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिंदैछन् लाभांश ?

Royal Enfield Inside Page Banner

काठमाडौं । नेप्सेमा सूचीकृत ३ कम्पनीको वार्षिक साधारण सभा आज मंसिर १५ गते शुक्रबार बस्दै छ । आज साधारण सभा बस्नेमा इमर्जिङ नेपाल, आरएसडीसी लघुवित्त, र माण्डु हाइड्रोपावर रहेका छन् । यी ३ वटै कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

इमर्जिङ नेपाल
इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारण सभा बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा यस कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, मंसिर ५ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्ने छन् ।

आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्तको साधारण सभा वेष्टर्न एसियन होटल प्रालि बुटवल, कालिकास्थानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा आरएसडीसीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस लघुवित्तले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

माण्डु हाइड्रोपावर
माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । हाइड्रोपावरले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गरिसकेको छ ।  यसमा कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने देखिएको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०७:११ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड

आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड

वि.सं.२०८१ माघ २२ मंगलवार १७:५६

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित...

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा   

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा   

वि.सं.२०८१ माघ २२ मंगलवार १७:५१

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०८१ माघ २२ मंगलवार १७:४५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १६ करोड ४० लाख...

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

वि.सं.२०८१ माघ २२ मंगलवार १७:३८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको...

सत्यदिप इन्टरनेसनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

सत्यदिप इन्टरनेसनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २२ मंगलवार १७:३२

काठमाडौं । दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले...

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने   

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने   

वि.सं.२०८१ माघ २२ मंगलवार १७:०७

भरत केसी  लुम्बिनी, २२ माघः लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध...