काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्यप्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
साथै बैठकले गत आवका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ ।
वि.सं.२०८० मंसिर १७ आइतवार १०:२० मा प्रकाशित