काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले १ः०५ अनुपातमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः०५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट स्वीकृती प्राप्त भएपछि आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आयोजनाको मर्मत संभार, भुक्तानी गर्न बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रदबाट जुटाउने निर्णय गरेको हो ।
वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९ मा प्रकाशित