back

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

Kumari bank ad

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने  भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनु्सार कम्पनीको आईपीओ भोली मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँड गर्ने तयारी गरेको हो ।

उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको हो ।

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...